काठमाण्डु – वरिष्ठ अधिवक्ता रमेश वडालले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग महान्यायाधिवक्ताको पद तथा गोपनियताको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
वडाल दोस्रो पटक महान्यायाधीवक्तामा नियुक्त भएका हुन् । यसअघि ओली प्रधानमन्त्री हुँदा पनि बडाल महान्यायाधिवक्ता भएका थिए ।
प्रतिक्रिया