एजेन्सी – अष्ट्रेलियालाई हराउंदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी विश्वकप फुटवलअन्र्तगत शनिबार राती भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २- १ को गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको खेलाडी लियोनेल मेस्सीले खेलको ३५ औं मिनेटमा गोल गरेर अग्रता दिएका थिए । त्यसैगरी खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले अर्को गोल गरेर अर्जेन्टिनालाई जिततिर लगेका थिए ।
खेलको ७७ मिनेटमा अर्जेन्टिनाका इन्डो फर्नान्डेजको आत्मघाती गोलका कारण अष्ट्रेलियालाई फाइदा पुग्न गएपनि उसले गोलपोष्टमा बल पुगाउन धेरै सकेन ।
यसअघि २०१८ मा भएको विश्वकपमा अर्जेन्टिना फ्रान्ससंग पराजित भएर अन्तिम १६ बाट बाहिरिएको थियो ।तर, यसपटक अष्ट्रेलियालाई पराजित गरेसंगै क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
अर्जेन्टिना क्वाटरफाइनलमा नेदरल्याण्डसंग भिड्नेछ । अर्जेन्टिनाका खेलाडी मेस्सीले एक गोल गरेसंगै विश्वकपमा उनको गोल संख्या ९ पुगेको छ ।
प्रतिक्रिया