आईसीसी टी–२० का लागि अष्ट्रेलियाद्धारा १५ सदस्यीय टिमको घोषणा

आईसीसी टी–२० का लागि अष्ट्रेलियाद्धारा १५ सदस्यीय टिमको घोषणा


एजेन्सी – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

आगामी अक्टोबर १७ देखि यूएई र ओमानमा संयुक्त रुपमा हुने खेलका लागि अष्ट्रेलियाले बिहीबार आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा प्याट कमिन्स छन् ।

यस्तै खेलाडीहरुमा एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन, मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।

यस्तै तीन रिजर्भमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग पहिलो खेल खेल्दै टी २० विश्वकपको सुरुआत गर्नेछ ।

२०१६ पछि पहिलो पटक हुन लागेको टी–२० विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुँदैछ ।