गर्मीले अस्ट्रेलियाको सडक नै पग्लियो

गर्मीले अस्ट्रेलियाको सडक नै पग्लियो


क्यानबेरा – अस्ट्रेलियाको तापक्रम यती माथि पुगेको छ कि मानिसको आखा अगाडिनै सडक पग्लन थालेका छन् । बिहीबार केही दक्षिणी अस्ट्रेलिायका सहरहरुको तापक्रममा वृद्धि भएर ५० डिग्री सम्म पुगेको थियो ।

यसैबीच आगोको ज्वाला देखिएपछि शुक्रबार बिहान अग्नी नियन्त्रकका स्वयंसेवीको १० ट्रक सडकमा आएका थिए । कतिपय अग्नी नियन्त्रकहरु सिडनीको दक्षिणी हाइल्यान्डको बक्सटनमा केही घन्टाका लागि आएका थिए ।

बिहीबारको रातीको मौषीमीअवस्थाका कारण सिर्जना भएको आगोको ज्वालासँग लड्नका लागि उनीहरु त्याहाँ आएका हुन् । तहमुरको सानो सहरबाट मानिसहरु सहयोगका लागि आएका थिए । केहीले पानीको बोतल ल्याएका थिए भने केहीले स्मिथ चिप्स र कुकिज जस्ता स्न्याक्सको प्याकेज ल्याएका थिए ।