एजेन्सी – अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिल्याण्डका पिताको निधन भएको छ । ८४ वर्षीय पिता पिताको धुबार निधन भएको हो ।
प्रधानमन्त्री मोरिसनले सामाजिक सञ्जाल इन्टाग्राममा बुबासँगको फोटो राख्दै पुराना दिनको सम्झना गरेका छन् ।
उनले भनेका छन्, ‘गएको रात मैले मेरा पिताको निधनबारे दुःखद खबर सुने । ८४ वर्षीया मेरा पिता शान्त र उत्कृष्ट जीवन बिताउँदै आइरहेका थिए । जोन मेरी ५७ वर्षीया आमाका मायालु श्रीमान थिए । उनी म र मेरो भाइ एलनका एक राम्रा पिता थिए । उनी आफ्नी छोरीलार्य एकदमै माया गर्थे साथै मेरी छोरीका एक असल हजुरबुवा थिए ।’
उनले भावुक हुँदै आफ्ना ८४ वर्षीय पितालाई सम्झना गरेका छन् । उनले भनेका छन्, ‘तपाईलाई माया गर्छु बुवा । तपाईले राम्रो गर्नु भएको छ । नोकर पनि असल र विश्वासिलो छ ।’
जोनले नेशनल सर्भिसको अंश स्वरुप जोन सेनामा सेवा गरेका थिए । उनी न्यू साउथ वेल्सको प्रहरी अधिकारी पनि हुन् र पुरै करियरमा समर्पित भएका सदस्य पनि हुन् ।
उनले सिड्नीको पूर्वी क्षेत्रमा रहेको वभरली मिनिसिपल काउन्शीलमा पनि १६ वर्षसम्म सेवा गरेका थिए । यसमा उनी छोटो अवधिका लागि मेयरमा गरेको सेवा पनि समावेश छ ।
मोरिसनले आफ्ना बुवालाई प्रेमपपूर्ण, विस्वास, जिम्मेवारीपूर्ण स सेवाको जीवन बिताएकोमा प्रशंसा पनि गरेका छन् ।
‘बुवाको क्रिश्चियनमाथिको गहन आश्था थियो । यो उनको जीवनको कैयौ लीगेसी मध्येको एक हो । हाम्रो परिवारले दुःखपूर्वक सम्झना गरिरहेका छौ । तर हाम्रो जीवनमा उनको योगदानप्रति अत्यन्तै धन्यवाद दिन चाहन्छौ,’ उनले लेखेका छन् ।
प्रतिक्रिया