अस्ट्रेलियामा एक हप्तादेखि लागेको आगो नियन्त्रण गर्न १३ सय अग्नी नियन्त्रक खटाउने तयारी

अस्ट्रेलियामा एक हप्तादेखि लागेको आगो नियन्त्रण गर्न १३ सय अग्नी नियन्त्रक खटाउने तयारी


एजेन्सी – अस्ट्रेलियामा एक हप्तायता भइरहेको भीषण आगलागीबाट तीन जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । आइतबार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीहरुमा सय स्थानमा भन्दा बढी ठाउँमा आगो लागेको देखिएको बीबीसीले जनाएको छ ।

आगलागी जारी रहेका दुई राज्यमा १३ सय अग्नी नियन्त्रक खटाइने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । अधिकारीहरुका अनुसार हालसम्म आगोका कारण १ सय ५० घर पूर्ण रुपमा ध्वस्त हुँदा हजारौं मानिसहरु विस्थापित भएका छन् ।