६४ शाखा रहेको एभरेष्ट बैंक २३ औं वर्षमा

६४ शाखा रहेको एभरेष्ट बैंक २३ औं वर्षमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ६४ वटा शाखा रहेको एभरेष्ट बैंक स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ।

 

 

वार्षिक उत्सवको अवसरमा बैंकले सोमबार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बैंकका कर्मचारी र उपभोक्ता गरेर १०० जनाले रक्तदान गरेका थिए।

 

यसैगरी, नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा बैंकले निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ। संस्थागत उत्तरदायित्व अन्तर्गत २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम राखेको जनाइएको छ।

 

मुख्य कार्यालयका साथै देशैभरका शाखाहरुमा वार्षिकोत्सव मनाइएको थियो।

 

एभरेष्ट बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९१ वटा एटिएम तथा बाह्य सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।