वाइडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न उपसमिति गठन

वाइडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न उपसमिति गठन


काठमाडौं – नेपाल वायू सेवा निगमको वाइडबडी खरिद प्रकरणको छानविन गर्न उपसमिति गठन गरिएको छ । (आज) बुधबार बसेको प्रतिनिधिसभाकोे सार्वजनिक लेखा समिति बैठकले सांसद राजेन्द्र केसीको संयोजकत्वमा उपसमित गठन गरिएको हो ।

उपसमितिले १५ दिनभित्र वाइड वडी खरिद प्रकरणबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ । सो उपसमितिमा सांसदहरु प्रेमबहादुर आले, मिना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदिप यादव र धर्मशिला चापागाई रहेका छन् ।

बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सो विमान खरिद सम्बन्धमा गरेको अनुगमन प्रतिवेदन पनि पेश गरिएको छ । कार्यालयको सो अनुगमन प्रतिवेदनमा सार्वजनिक खरिद ऐनको सबै सर्त पूरा नगरी वाईडबडी विमान खरिद गरिएको उल्लेख गरिएको छ । त्यसैगरी सो विमान खरिद गर्दा अन्तर्रा्ष्ट्रिय खुला बोलपत्र सम्बन्धि प्रावधानलाई लत्याइएको प्रतिवेदनले औंल्याएको छ ।