बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई रक्षामन्त्री सिंहलाई भेट्न सोमबार नयाँ दिल्ली पुगेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भेटमा डा. भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा रहेका छन् ।