काठमाडौं— लामो प्रयासपछि नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता हुने निश्चित भएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव नेतृत्वको फोरमबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको हो।
दुबै दलबीचको एकता पश्चात नेतृत्वको मोडल नेकपा जस्तै हुने भएको छ। फोरम नेपालका अध्यक्ष यादव र नयाँ शक्ति नेपालका संयोजक भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ ।
निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।
अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा । नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ । यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ ।
प्रतिक्रिया