पूर्वप्रधानमन्त्री भट्टराईको घोषणा : देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?

पूर्वप्रधानमन्त्री भट्टराईको घोषणा : देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन् ।

शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारहरू गर्न सकिने तर राजा आउने कुरा भ्रम भएको बताए ।

‘राजतन्त्र ल्याउने ठाउँ नै छैन । धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो सम्भव छैन । राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधार लगायत क्षेत्रमा काम गर्न सकिन्छ । त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौं ।’

अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने उनले बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनका लागि हरेक दलभित्र बहस हुनुपर्ने बताए ।

‘विभिन्न दल मिलेर संविधान बनाएको हो । त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ । दल भनेको त हतियार वा साधन हो नि ! धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र ?’ उनले अगाडि भने, ‘अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था, विविधता, जटिल भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ ।’