बाबुरामले गोरखा नछाड्ने, सूर्य होइन अब आँखा चिह्नमा चुनाव लड्ने

बाबुरामले गोरखा नछाड्ने, सूर्य होइन अब आँखा चिह्नमा चुनाव लड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई वाम गठबन्धनसँग असन्तुष्ट बनेका छन्।

 

एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको गठबन्धन घोषणा कार्यक्रममा आफू सूर्य चिह्नबाट चुनाल लड्ने बताएका भट्टराईले अब आफ्नै चुनाव चिह्न (आँखा) बाट प्रतिष्पर्धा गर्ने तयारी थालेका छन्।

 

 

भट्टराई गोरखा–२ बाट चुनाव लड्ने तयारीमा रहेपनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त क्षेत्र नछोडने बताएपछि उनी असन्तुष्ट बनेका हुन्। एमाले र माओवादीले भट्टराईलाई काठमाडौं रोज्न सुझाउदै आएका छन्।

यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा पनि भट्टराईले गोरखामा जितेका थिए।

 

 

काठमाडौंमा जारी पार्टी सचिवालय बैठकलाई सम्बोधनका क्रममा भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने भन्दै तयारीमा रहन नेता, कार्यकर्तालाई आग्रह गरे।

 

 

भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दिल खुला हुनुपर्नेमा झनै चाम्रो बन्दै गएको बैठकमा टिप्पणी गरेका थिए । यद्यपी, वाम गठबन्धन सफल बनाउन लागि पर्ने उनले बताए।