वाम गठबन्धनबाट बाहिरिएका बाबुरामले गोरखामा कांग्रेससँग तालमेल गरे

वाम गठबन्धनबाट बाहिरिएका बाबुरामले गोरखामा कांग्रेससँग तालमेल गरे


काठमाडौं– वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन्।

 

 

वाम गठबन्धनमा छँदा उनले गोरखा क्षेत्र नम्बर २ मागेका थिए। तर, माओवादीले सो क्षेत्रमा नारायणकाजी श्रेष्ठलाई चुनाव लडाउने र काठमाडौं रोज्न भनेपछि उनी गठबन्धनबाटै बाहिरिएका थिए।

 

कांग्रेसले बाबुरामलाई गोरखा–२ मा सहयोग गर्ने भनेपछि उनले गठबन्धन गरेका हुन्। क्षेत्र नम्बर २ मा बाबुराम चुनाव लड्ने छन् भने क्षेत्र नम्बर १ मा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्ने छ।