बावुरामले बोली फेरे, गोरखाबाट टिकट नपाएपछि गठवन्धन छाड्ने बावुरामको संकेत

बावुरामले बोली फेरे, गोरखाबाट टिकट नपाएपछि गठवन्धन छाड्ने बावुरामको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  नयां शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा एक्लै भाग लिने संकेत गरेका छन् । नेकपा एमाले,माओवादी केन्द्र र नयां शक्तिबीच चुनावी तालमेल र पार्टी एकताको निर्णय भएपछि भट्टराई उत्साहित भएका थिए ।

 

 

 

 

बामपन्थी एकताको निर्णय भएको एक साता नबित्दै भट्टराईले गठवन्धन अघि नबढ्ने संकेत गरेका हुन । माओवादी केन्द्रले गोरखामा बावुराम भट्टराईलाई सिट नछोड्ने अडान लिएपछि भट्टराई आक्रोसित छन् ।  

 

 

राष्ट्रिय युवा अभियानको भेलालाई बिहीवार काठमाडौंमा सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पुरातनवादी शक्तिको व्यवहार नसच्चिए एक्लै चुनावमा जान तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

 

नेता भट्टराईलाई  गोरखाका दुबै निर्वाचन क्षेत्र नछाड्ने माओवादीले अडान लिएपछि बाबुराम समूह वामपन्थी गठबन्धनबाटै अलग्गिने तयारीमा रहेको छ । नयां शक्तिको तर्फबाट कार्यदलमा सदस्य रहेका गंगा श्रेष्ठ बुधवारको बैठकमा समेत सहभागी भएनन् । उनले वैकल्पिक राजनीतिक अभियानका  लागी तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

 

 

भट्टराईलाई एकतामा ल्याउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सकरात्मक नुहदा नहुदै एमाले अध्यक्ष केपी ओलीसंग कुरा मिलेपछि उनि अन्तिम समयमा एकतामा आएका थिए ।