बाबुरामका पाँच कार्यकर्ता एक लाख नगदसहित नारायणकाजीको गाउँबाट पक्राउ

बाबुरामका पाँच कार्यकर्ता एक लाख नगदसहित नारायणकाजीको गाउँबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका पाँच जना कार्यकर्ता एक लाख नगदसहित गोरखाबाट पक्राउ परेका छन्।

 

 

 

गोरखा जौबारी युवा क्लबका युवाहरूले गय राति चुनावी प्रचारमा प्रयोग गरिएको ग २ च १७२५ नम्बरको महेन्द्र बोलेरो पिकअप, नगद र पाँच जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

 

 

जौवारी माओवादी केन्द्रका बरिष्ठ नेता एवं गोरखा–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठको गाउँ हो।

 

 

गोरखामा आइतबार बिहानैबाट मतदान भइरहेको छ।

 

 

चुनावलाई प्रभाव पार्न ल्याइएको रकम बरामद गरिएको स्थानीय युवा अर्जुन ढकालले दाबी गरे।

 

 

निर्वाचन आचारसंहिता बिपरित मध्यरातमा नगद र गाडी लिएर हिडेका नयाँ शक्तिका युवाहरूलाई ईलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ।

 

 

चालक गोरखा नगरपालिका–११ का दीपेन्द्र सुनार, डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८ का खुशबहादुर थापा प्रहरी नियन्त्रणमा छन्।