हराएको आठ महिनापछि ११ वर्षिय बालकको उद्धार

हराएको आठ महिनापछि ११ वर्षिय बालकको उद्धार


रुकुम – आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमेली बालकको आज उद्धार गरिएको छ ।

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका वडा नं ७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए । आफन्तसँग भागेर भारतको बहराइज पुगेका उनी त्यहाँ एक महिना होटलमा काम गरिरहेका थिए ।

होटेलमा काम गर्दा साहुले कुटपिट गरेपछि बेपत्ता भई हराएको भन्दै खोजी गरिदिन आफन्तले जिल्ला बाल कल्याण समितिमा निवेदन दिएका थिए । रवीनलाई भारतमा रहेको मेहाद संस्थाको सहयोगमा उद्धार गरेर आज आफन्तको जिम्मा लगाइएको बालअधिकार अधिकृत ओलीले बताए ।