काठमाण्डु–नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ ।
साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।
यस्तै, बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क अद्यावधिक गरेको छ । बैङ्कले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१/७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको हो ।
आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखिको यो छैटौँ आधार वर्ष परिवर्तन हो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरूलाई अनुसरण गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
विगतका वर्षमा नेपाल राष्ट्र बैङ्कले पारिवारिक बजेट सर्वेक्षणको आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गर्दै आएकोमा यस वर्षबाट नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरेको जनाएको छ ।
अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कमा ५२५ वस्तु तथा सेवाहरू समावेश गरिएको छ । यसअघि ४९६ वस्तु तथा सेवा रहेका थिए । जसमा नयाँ उपभोग्य वस्तुहरू थप गरिएको र प्रचलनमा नरहेका वस्तु तथा सेवालाई हटाइएको छ उल्लेख छ ।
साविकको डालो (बास्केट) मा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ । रहेकोमा ६२ हजार ७ सय ९० मै उपलब्ध गराइएको छ ।
प्रतिक्रिया