नेकपाको स्थायी बैठकमा बादलले भने- ओली र प्रचण्डको प्रतिवेदन सहि छ

नेकपाको स्थायी बैठकमा बादलले भने- ओली र प्रचण्डको प्रतिवेदन सहि छ


काठमाडौं – नेकपाको जारी स्थायी कमिटी बैठकमा शनिबार आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री एवंम नेकपाका नेता रामबहादुर थापा बाललले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सही भएको बताएका छन् ।

उनले प्रतिवेदनमा उल्लेख विकास र सुशासनको नीति र योजना पनि ठिक भएको धारणा राखेका छन् । ‘प्रतिवेदनमा एउटा कमजोरी छ । प्रतिगामी शक्तिहरुलाई दमन गर्नुपर्ने त्यो चाहिँ आएन । अरु सवै सही छ ।’ उनले भने ।  उनले गृहमन्त्रालयले सिके राउतका साथै अतिवादी तथा संविधानविरोधी तत्वहरुलाई नियन्त्रण गर्न सफल भएको धारणा राखेका छन् ।

साथै उनले देशमा आर्थिक अपराधलाई नियन्त्रण गर्न सफल भएको पनि बताएका छन् ।  त्यस्तै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले पार्टी भित्र एउटा पक्षले अर्को पक्षलाई हराउँछु भन्ने सोचले पार्टी नचल्ने धारणा राखेका छन् । त्यस्तै उनले सुशासन कसरी कायम गर्ने भनेर नयाँ ढंगको छलफल आवश्यक रहेको धारणा राखे ।