काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । माओवादी केन्द्रले थापालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । माओवादीको शिर्ष नेताहरुमध्ये बादल कहिबाट उम्मेदवार थिएनन् । उनको समानुपातिकमा समेत नाम छैन् ।
बादलसहित हालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति हुने ईच्छा देखाएका छन् ।
माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपति बाड्ने सहमती बनेको स्रोतको दाबी छ । एमालेबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीबाट थापाको राष्ट्रपति बन्ने निश्चितजस्तै भएको हो ।
दुई पार्टीका अध्यक्षबीच राष्ट्रपति र सभामुख माओवादीलाई दिने र प्रधानमन्त्री एमालेले लिने लगभग सहमती भइसकेको छ । माओवादीमा सभामुखका लागी कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतले दाबी गरीरहेका छन् ।
एमालेबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी र नेता झलनाथ खनालले राष्ट्रपतिमा दावी गरिरहेका छन् ।
प्रतिक्रिया