चार जिल्लामा बाढीको जोखिम

चार जिल्लामा बाढीको जोखिम


काठमाण्डु-देशका विभिन्न ठाउँमा राति पनि पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै उदयपुरको सुन्दरपुरमा ६८ दशमलव ४ मिलिमिटर र सर्लाहीको पत्थरकोटमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ ।

यस्तै सर्लाहीको पत्थरकोट क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाखाखाले आग्रह गरेको छ ।

यस्तै उदयपुरको त्रियुगा खोला, सिन्धुपाल्चोकको मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्र र बाग्लुङको म्याग्दी खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।