काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका १८ जना उपसचिवलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
पुस १९ गतेको निर्णयानुसार मन्त्रालयले प्रशासन सेवाका उपसचिवहरूलाई कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा सिफारिस गरेको हो ।
सिफारिस गरिएका उपसचिवहरूमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय(गौतम) मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदीश्वर उपाध्याय रहेका छन् ।
यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्य राज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही बढुवा सिफारिस सूचीमा परेका छन् ।
प्रतिक्रिया