काठमाण्डु- देशका विभिन्न भू–भागमा गए रातिदेखि वर्षा भइरहेको छ । काठमाण्डु उपत्यकासहित देशको पश्चिमी भागमा भारी बर्षा भइरहेको हो ।
बुधबार विजया दशमीका वर्षाका कारण मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको जनाइएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज देशैभर हल्का तथा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी बाढी पहिरोको जोखिम पनि रहेको छ ।
प्रतिक्रिया