बग्दादस्थित अमेरिकी दूतावासमा पाँच रकेट प्रहार

बग्दादस्थित अमेरिकी दूतावासमा पाँच रकेट प्रहार


बग्दाद – इराकको राजधानी बग्दादमा अमेरिकी दूतावास नजिक फेरी रकेट आक्रमण भएको छ । जानकारीका अनुसार अमेरिकी दूतावासमा पाँच रकेट प्रहार गरिएको छ ।

आक्रमणबाट कुनै क्षति नभएको बताइएको छ । हालसम्म कसैले पनि यो आक्रमणको जिम्मेवारी लिएका छैनन् । यो भन्दा पहिला पनि हमला हुने गरेको थियो । अमेरिकाले यस किसिमको हमलाप्रति इरानको हात रहेको आरोप लगाउँदै आएको छ ।

केही दिन पहिले बग्दादको ग्रीन जोनमा अमेरिकी दूतावसमा दुई रकेट प्रहार गरिएको थियो । ग्रीन जोन मध्य बग्दादमा रहेको छ । यहाँ सरकारी भवन तथा कुटनीतिक दूतावास रहेका छन् । कासिम सुलेमानीको हवाई हमलामा मृत्यु भएपछि इरान र अमेरिकाबीचको तनावमा वृद्धि भइरहेको छ ।

अर्कातिर बग्दादमा इराकी सरकारको बिरुद्धमा मानिसको आक्रोश कम भएको छैन । सरकारको कामकाजको तरिका तथा अमेरिकी सुरक्षा बलको लगातार देशमा उपस्थितिको विषयलाई लिएर सातादेखि चलिरहेको प्रदर्शनका कारण इराकमा अत्यन्त तनावको अवस्था पैदा भएको छ ।