बागलुङमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

बागलुङमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाण्डु-बागलुङका सरकारी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका वडा नं २ घुङखानीमा रा १ झ २०० नं को सरकारी गाडी दुर्घटना भएको प्रहरी चौकी नरेठाँटीले जनाएको छ ।

दुर्घटना ३ महिला र १ जना पुरुषको मृत्यु भएको छ भने एक जना घाइते छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।

पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ । प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।

दुर्घटनास्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको कागजपत्र फेला परेको छ ।