बागमती प्रदेशसभा अधिवेशन अन्त्य

बागमती प्रदेशसभा अधिवेशन अन्त्य


मकवानपुर – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश सभाको चौथो अधिवेशन बुधबार रातिदेखि अन्त्य गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभा बैठकको अन्त्य गरेका प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत प्रकाश चापागाईंले बताए ।

प्रदेश सभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।