काठमाण्डु – बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । बागमतीमा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।
एमालेबाट सरकारमा आर्थिक मामिलामन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानीमन्त्री एकालाल श्रेष्ठ सहभागी थिए ।
एमालेले समर्थन फिर्ता लिएसँगै शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेको बागमती सरकार अल्पमतमा परेको छ । जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय माओवादी संसदीय दलले गरेको छ ।
आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने निर्णय गरेको हो ।
प्रतिक्रिया