काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठेको बताएका छन्। किङ्ग कम स्पोर्टस क्लबले शनिबार काठमाडौंमा सुरू गरेको ब्याटमिन्टन प्रतियोगिताको उद्धघाट्न गर्दै सिंहले यस्तो आरोप लगाएका हुन् ।
उनले बहुमतको दम्भ देखाएर चिकित्सा शिक्षा विधेयक पारित गर्नु संसदीय अभ्यास विपरीत भएको दाबी गरे। प्रमुख प्रतिपक्षी दलको विरोध हुँदाहुँदै दुई तिहाइको बलमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको भन्दै सिंहले सभामुख महराको भूमिकाप्रति प्रश्न उठाएका हुन्।
‘बहुमतको आधारमा चिकित्सा शिक्षा विद्येयक पारित गर्नु संघीय संसदको गरिमा अनुसार भएन । नाराबाजीका बीच विद्येयक पारीत गरिनु असंसदीय अभ्यास हो,’ नेता सिंहले भने । उनले कांग्रेस यस्तो असंसदीय व्यहारको विरुद्धमा सशक्त रुपमा प्रसतुत हुने र संसदीय पद्धतिको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन समेत तयार रहेको उल्लेख गरे ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृती नदिनु राजनीति पूर्वाग्रह भएको बताए ।
११ अस्पताललाई संघ मातहत राख्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उल्लेख गरे ।
प्रतिक्रिया