काठमाण्डु- अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाई यात्रापछिको थकानले गत साता पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसँगको टेलिभिजन बहसमा आफ्नो प्रस्तुति कमजोर भएको बताएका छन् ।
बाइडनेले बहसअघि विश्व भ्रमण गर्नु पनि राम्रो निर्णय नभएको जानकारी दिएका हुन् । ‘बहसअघि विश्व भ्रमण गर्नु राम्रो निर्णय थिएन । मैले मेरो स्टाफको कुरा सुनिनँ र बहसको क्रममा मञ्चमा लगभग सुतेँ’, उनले भने ।
८१ वर्षीय बाइडेन जुन २१ मा भ्रमणबाट फर्केका थिए र जुन २७ मा भएको बहसमा भाग लिएका थिए । गत बिहीबार अमेरिकी राष्ट्रपति चुनाव अघि पहिलो राष्ट्रपति बहसमा बाइडेन धेरै कमजोर देखिन्थे र आफ्नो विचार सही र स्पष्ट रूपमा व्यक्त गर्न सकिरहेका थिएनन् ।
प्रतिक्रिया