काठमाण्डु-अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि दुई उम्मेदवारबीच बहस भएको छ ।
निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारसमेत रहेका राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प बहसका लागि जर्जियाको एटलान्टामा रहेको सीएनएको स्टुडियोमा पुगेका थिए ।
९० मिनेट चलेको बहसमा राष्ट्रिय सुरक्षा, जलवायु परिवर्तन, कर, हतियार, रुस–युक्रेन तथा इजरायल गाजा युद्ध, वैदेशिक सम्बन्ध, वैदेशिक सहयोग, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका विषयमा दुई आकांक्षीले प्रस्तोताको जवाफ दिए ।
ट्रम्पले बाइडेनले जारी ४ वर्षे कार्यकालसहित उनको व्यक्तिगत जीवनलाई लिएर चर्को आलोचना गरेका थिए । यस्तै विभिन्न क्षेत्रमा लगाइएको कर तथा अनियमितताका विषय र लोकतन्त्रको विषयमा बाइडेनले ट्रम्पको राष्ट्रपतीय कार्यकालमा भएका कामको विरोध गरे ।
यी दुई नेताबीच सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनका लागिसमेत बहस भएको थियो । राष्ट्रपतीय निर्वाचनका लागि भएको बहसको केही दिनमा अर्थात् आगामी जुलाई ११ मा बाइडेनमाथि लागेको पोर्न स्टारलाई पैसा खुवाएको आरोपको मुद्दाको फैसला आउँदैछ । यद्यपि ट्रम्पको उम्मेदवारी खारेज हुने सम्भावना भने छैन ।
प्रतिक्रिया