वैतडीमा भिषण आगलागी, २४ लाखभन्दा बढीको क्षती

वैतडीमा भिषण आगलागी, २४ लाखभन्दा बढीको क्षती


बैतडी– बैतडीमा आगलागी हुंदा करिव २४ लाख बराबरको क्षती भएको छ । वैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ६ स्थित गोविन्दराज पन्तको घरमा रहेको दिलिपसिंह पेलाको पसलमा आगलागी हुंदा उक्त क्षती भएको हो ।

सैनिक स्रोतकाअनुसार विद्यूतिय तार सर्ट भइ आगलागी हुंदा उक्त घरको माथिल्लो तलामा रहेको जगन्नाथ बोर्डिङ स्कुलमा पनि क्षती पुगेको छ ।

आगलागीपश्चात वैतडीमा रहेको नेपाली सेनाको शत्रुमर्दन गुल्म परिचालन भएको थियो । गुल्मबाट जमदार कृष्णराज नैनाबस्तीको कमाण्डमा खटिएको सेनाको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगो नियन्त्रण गर्न नेपाली सेनासहित नेपाल प्रहरी र स्थानीय बासिन्दा समेत खटिएका थिए ।