बैतडीको बागाबगरमा बस दुर्घटना पांच जना घाईते

बैतडीको बागाबगरमा बस दुर्घटना पांच जना घाईते


बैतडी – महाकाली राजमार्ग अन्तर्गत बैतडीको डिलाशैनी–६ बागाबगरमा मंगलबार बिहान बस दुर्घटना हुंदा पाच जना घाइते भएका छन् । कैललीको अत्तरियाबाट गन्नाका लागी छुटेको ना ५ ख ८११७ नं को पवनदुत यातायातको बस बिहानै बागाबगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरु बैतडीको सिगास गाउंपालिका ९ का ३ वर्षीय हार्दिक चन्द , २७ वर्षीय धर्मानन्द जोशी , १४ वर्षीया सुनिता ठगुन्ना , दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना र ६ वर्षीय बालक युवराज जोशी रहेका छन् । घाइते भएका सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।