अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने सरकारको निर्णय

अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ ।

बैठकले भइरहेको परीक्षा स्थगित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले प्रकोपमा ज्यान गुमाउनेहरुका लागि कानुन अनुसार क्षतिपूर्ति दिने र घाइतेहरको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री गुरुङले भने, ‘समस्यामा रहनुभएका जनतालाई हाम्रो अनुरोध छ, प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाली सेना, नेपाल प्रहरी, एपीएफको हटलाइन, गृहमन्त्रालयको हटलाइनमा सम्पर्क गरेर उद्दार तथा राहतका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।’

तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए । बैठकले सम्बन्धित मन्त्रालयलाई पनि तयारी अवस्थामा रहने भनेको छ ।