बझाङका १३ वर्षीय बालक काठमाण्डुबाट हराए,परिवार पिडामा

बझाङका १३ वर्षीय बालक काठमाण्डुबाट हराए,परिवार पिडामा


काठमाण्डु – काठमाण्डुबाट एक बालक बेपत्ता भएका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं. ३ मेल्तडी घर भएका प्रकाश साउँदको छोरा १३ वर्षीय सुमन साउँद काठमाण्डुको कलंकीबाट हराएका हुन् ।

नार्गाजुन नगरपालिकास्थित अमर ज्याेति स्कूलमा कक्षा २ मा अध्यनरत १३ वर्षीय सुमन साउँद बैशाख १२ गते दिउँसाे ३ बजेबाट सम्पर्कबिहीन भएको उनका बुबा प्रकाश साउँदले बताए । आफन्त र निजका साथी संगिनीको घरमा सोधपुछ तथा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको परिवारमा झनै चिन्ता थपिएको बुबा साउँदले बताए

गहुँ गोरो ४ फिट लम्बाई रहेका उनी यही बैशाख १२ गतेबाट हराइरहेका र कसैले फेला परेमा ९८६६१०३५९७ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।