उत्तमकुमार थापा /बझाङ – असोज ३१ गते राती देखि कार्तिक २ गते सम्म परेको अविरल बर्षाले बझाङ जिल्लाका विभिन्न ठाउँमा मानविय तथा धनजनको क्षति भएको छ । बाढी पहिरोमा परि जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लाका बेपत्ता भएका २३ जना मध्ये ४ जनाको सनाखत भएको छ ।
सनाखत भएका ४ मध्ये ६ बर्षका आयुस पार्की, २६ बर्षका सिता सार्की, ८ बर्षका विकास सार्की र १२ बर्षका सन्दिप सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङ बाट घटना स्थलमा खोजीकार्यको लागी खटिएका प्रहरी निरिक्षक लोकेन्द्र सिंह कार्कीले अन्य १९ जनाको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । खोजी कार्यमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरुले खोजी गरिरहेका छन्
क्षति भएपछी विहिबार प्रधानमन्त्री लगाएतको टोलीले स्थलगत अवलोकनका लागी बझाङ पुगेका थिए । उक्त टोलिलाई जिल्लाको बस्तु स्थिति मानविय क्षति लगाएतका बारेमा विपद ब्यवस्थापन समिती जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी गरेका थिए । घटनास्थलको अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा भएको दुखद घटना प्रति दुख व्यक्त गर्दै सरकारले उद्धार, राहात र बजेट ब्यवस्थापन तत्काल गर्ने बताएका छन् ।
मानविय र धनजनको क्षति भएपछि विभिन्न निकायहरुले पिडीतहरुलाई सहयोग गर्दै आएका छन् । शनिबार एक कार्यक्रमका बिच नेपाल कम्पनिष्ट पार्टी बिप्लप नेतृत्वको टोलीले ज्यान गुमाएका दुई परिवारलाई पाँच पाँच हजारका दरले आर्थिक सहयोग र घर पूर्णरुपमा क्षति भएका ५ परिवारलाई दुई दुईहजारका दरले आर्थिक सहयोग गरेको त्यहाँका स्थानीय बासिन्दा चन्द्रसुवास बिसीले जानकारी दिएका छन् । उनले भने हाम्रो गाउँ १९३ घर परिवार रहेको छ । पुरै गाउँ बाढी पहिरोको उच्च जोखीममा रहेको छ । यो गाउँलाई पनि सरकारले अन्य ठाउँमा स्थानतरण गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया