बझाङको मष्टा गाँउपालिकामा चरेससहित दुई जना पक्राउ

बझाङको मष्टा गाँउपालिकामा चरेससहित दुई जना पक्राउ


बझाङ– बझाङको मष्टा गाँउपालिका धुरिल्लमा नेपाल प्रहरीले चरेस बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय भातेखोलाबाट असईको कमाण्डमा गएको टोलीले चरेस बरामद गरेको हो ।

चरेससँगै सोही गाँउपालिका २ खिकाला घर भएका १८ वर्षीय दीपक बोहारा र ३९ वर्षीय हस्ता पुरीलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान १० बजेतिर बाटोमा दुईवटा कालो झोला बोकेर आएका बोहराले प्रहरी देखेर भाग्न खोजेपछि झोला बरामद गर्दा चरेस भेटिएको हो।

दुबैको झोलाबाट ९-९ किलो चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले काठमाडौंपाटीलाई बताए।