बाजुरामा सेनाद्वारा सैनिक पदमार्ग निर्माण

बाजुरामा सेनाद्वारा सैनिक पदमार्ग निर्माण


बाजुरा – बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ । बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार नगरपालिकाको दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताए । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट दुई लाख अपुग भएको उनले बताए । करीब पांच लाखसम्म लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले करीब तीन लाखको श्रमदानमा निर्माण गरिएको सेनानी सापकोटाको भनाइ । पदमार्ग मार्तडी—कोल्टी सडकबाट नेपाली सेनाको प्रवेशद्वारसम्म निर्माण गरिएको बताइएको छ ।

उक्त क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई असहज हुन थालेपछि नेपाली सेनाको आग्रहमा नगरपालिकाले दुई लाख रकम निर्माण कार्यमा सहयोग गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए । उनले नगरपालिकाको विकासमा कुनै बाधा आउन नहुने बताए । सैनिक पदमार्ग निर्माण गरेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको नगर प्रमुख बडुवालको भनाइ छ ।