बाजुरामा जीप दुर्घटना :२ को मृत्यु,घाइते सबैलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगियो

बाजुरामा जीप दुर्घटना :२ को मृत्यु,घाइते सबैलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगियो


बाजुरा – बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजे जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप ज्रपालीमा दुर्घटना भएको हो ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा जीप चालक रमेश बोगटी, मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाही रहेका छन् । कर्णाली करिडोरको बाजुरा कालिकोट क्षेत्रको ज्रपालीको उकालीमा चिप्लीएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले बताए ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा जिपका चालक कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कार्यालय बाजुराले जनाएको छ । आकाशे पानीले सडक चिप्लो हुनुका साथै उकालो भएकोले चढ्न नसकी चिप्लिएर दुर्घटना भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बिहान साढे ७ बजेतिर दुर्घटना भएको जीपमा १३ जना सवार रहेका थिए । ११ जना घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते सबैलाई हेलिकप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते हुनेमा जगन्नाथ गाउँपालिका ५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारा सहीत रहेका छन् । ती मध्ये टक्क ल्वार, अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ ।