काठमाण्डु-दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । अन्य दिनहरूमा भने उक्त मन्दिर बन्द रहने गर्दछ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गएर दर्शन तथा पूजा गरी टीका लगाउने गर्दछन् । तिहारको मुख्य दिन भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँछन् ।
बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको लर्को लागेको छ ।
प्रतिक्रिया