एजेन्सी – बालाकोट एयर स्ट्राइकको दावीको १ वर्ष पुरा भएको छ । तर यसको बारेमा आजसम्म केही प्रश्नको उत्तर न भारतले दिएको छ नत पाकिस्तानलेनै । २०१९ को १४ फेब्रुअरीमा जम्मु तथा कश्मीरको पुलवामामा एक जोडदार विष्फोट भएको थियो र केन्द्रीय रिजर्भ प्रहरी बलको ७८ बहानले गस्ती लगाएका थिए । यो विष्फोटमा ४० जवानको घटनास्थलमै मृत्यु भएको थियो र पुरै भारतमा दुःख र आक्रोशको पैदा भएको थियो ।
यो सबै आम चुनावको ठीक पहिला भएको थियो र घटनाको विषयलाई लिएर राजनीति पनि तातेको थियो । २ सातापछि २६ फेब्रुअरीमा भारतले भारतीय वायु सेनाको मिराज–२००० विमानले राती अध्यारोमा नियन्त्रण रेखा पार गरेर पाकिस्तानको पूर्वी इलाकमा खैबर पख्तुनख्वाहको सहर बालाकोटमा जैश–ए–मोहम्मद नामक आतंकवादी संगठनको प्रशिक्षण शिविरमा सर्जिकल एयसर स्ट्राइक ग¥यो ।
भारतको बयान
सर्जिकल स्ट्राइकमा भारतका तत्कालीन विदेश सचिव विजय गोखलेले बयान आउछ,“यो गैर सैन्य कारबाहीमा ठूलो संख्यामा जैश–ए–मोहम्मदको चरमपन्थी, उनीहरुलाई प्रशिक्षण दिने तथा संगठनका ठूला कमाण्डर मारिएका छन् ।” यसपछि अर्को दिन पाकिस्तानको जवाफी कारबाही हुन्छ । भारतको लडाकु विमान पनि यो कारबाहीका लागि तयार हुन्छ । डग फाइटमा भारतीय वायुसेनाको मिग–२१ले पाकिस्तानी वायुसेनाको एक एफ–१६ लाई खसालेको दावी भारतले गर्छ ।
पछि पाकिस्तानले पनि मिग–२१ लाई खसालेको र कमाण्डर अभिनन्दनलाई गिरफ्तार गरेर २ दिनपछि रिहा गरेको बताएको थियो । बालाकोटको सर्जिकल स्ट्राइकको विषयलाई लिएर पाकिस्तान र भारतबीच दावी र प्रतिवाद भएको थियो । यसबीचमा पुरै प्रकरणमा कयौ प्रश्नको उत्तर हालसम्म पनि आएको छैन । यी मध्ये भारतले जुन उद्देश्यले बालाकोटमा सर्जिकल स्ट्राइक गरेको थियो, त्यसमा सफलता मिल्यो वा मिलेन भन्ने सबैभन्दा महत्वपूर्ण सवाल हो । सर्जिकल स्ट्राइकपछि पाकिस्तानको सेनाले पत्रकारको एक टोलीलाई बालाकोट लिएर गएको थियो ।
पाकिस्तानी सेना तर यो टोलीलाई भारतले हमला गरेको भनिएको भवनसम्म लगिएको थिएन । रोयटर्सका पत्रकारले यो भवन भएको स्थानसम्म जाने प्रयास गरेको पनि बताइएको छ । तर, पाकिस्तानी सेनाले पख्तुनख्वाहाको उक्त पहाडी क्षेत्रसम्म उनलाई जाने अनुमती दिएको थिएन । तर किन दिएन भन्ने विषयमा सवाल उठेको छ । घटनाको एक महिनापछि अर्थात मार्च २८ मा पाकिस्तानी सेना पत्रकारको एक दललाई उक्त स्थानमा लगिएको थियो । उनीहरुले मदरसाको भवन सही भएको पाएका थिए ।
पत्रकारहरुले मदरसामा पढिरहेकामा बच्चा तथा स्थानीय नागरिकसँग कुराकानी समेत गरेका थिए । तर एक महिनापछि पाकिस्तानले उक्त क्षेत्रको मर्मत गरेको आरोप भारतले लगाएको छ । तर भारतको फाइटर विमानले खसालको बम सही स्थानमा झरेको थियो वा चरमपन्थीको प्रशिक्षण दिने भवनमा झरेको थियो वा थिएन भन्ने प्रश्न हालसम्म पनि अनुत्तरितनै रहेको छ । के चरमपन्थीलाई यसबाट नोक्सानी भएको थियो ? हमलामा पकिस्तानलाई कति नोकसनी ? यसको कुनै एकिन आकलन सरकारी स्तरमा गरिएको छैन । भारतीय सरकारी मीडियाले सुत्रको हवाला दिँदै यो हमलामा ३०० को आसपासमा आतंकवादी मारिएको दावी गरेको छ ।
एएनआईको दावी अनुसार बालाकोट, चाकोठी तथा मुजफ्फराबादस्थित कुल ३ आतंकवादी स्थानमा हमला गरिएको थियो । तर, यो जानकारी सार्वजनिक भएपछि भारतले आफूले केबल बालाकोटमा मात्रै आक्रमण गरेको स्पष्ट पारेको थियो ।
आखिर कहाँ खस्यो बम ?
सर्जिकल स्ट्राइक भएको एक महिना भन्दा पनि बढीको अवधिमा पाकिस्तानको सेनाले रोयटर्स, अल–जजीरा तथा बीबीसीका पत्रकारलाई उक्त स्थानमा जाने अनुमती दिएको थियो, जहाँ भारतले आतंकवादीको अड्डा ध्वस्त पारेको दावी गरेको थियो ।
जब पाकिस्तानी सेनाले पत्रकारलाई उक्त मदरसामा लगेका थिए, बालबालिका पढिरहेका थिए र पत्रकारले पनि मदरसाको भवनमा कुनै नोक्सानी नभएको पाएका थिए । भारतको भनाई यहाँ सवाल उठ्छ कि पत्रकारलाई पाकिस्तानी सेनाले तत्काल जाने अनुमती किन दिएन ?
पछि फेरी १ महिनापछि पत्रकारको टोलीलाई किन त्यहाँ लगियो ? यो अवधिमा पाकिस्तानी सेनाले सबै प्रमाण नष्ट गरेको आरोप भारत सरसकारको छ । सर्जिकल स्ट्राइकको लगत्तै भारतीय पत्रकारलाई देखाइएको तस्बिरमा त्याहाँको छानो क्षतविक्षत देखिएको थियो ।तर १ महिनापछि पाकिस्तानमा रहेका विदेशी एजेन्सीका पत्रकारलाई त्याहाँ लगिदा भवनमा कुनै नोक्सानीको प्रमाण देखिएको थिएन ।
पाकिस्तानी भनाई
पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफुरले भारतको अपरेसन खाली पहाडमा बम खसालेर। मात्रै भएको र यसबाट कोही घाइते नभएको बताएका छन् । उनले कुनै रुखमाथि पनि नोक्सानी नभएको बताएका छन् । पाकिस्तानी राडारमा भारतको जेट विमान देखिएपछि पाकिस्तानी वायु सेनाले पनि त्यसलाई चुनौती दिएको र भारतीय विमान फर्केको दावी उनको छ । फिर्ता हुदाको समयमा पहाडमा बम खसालेको उनले बताए ।
प्रतिक्रिया