काठमाण्डु – नेकपा एमालेको तर्फबाट भूमी व्यवस्था तथा सहकारीमन्त्री बनेका बलराम अधिकारीले आफ्नै जिल्ला कफिलवस्तुका नेता’ कार्यकर्तालाई मन्त्रालयमै ४ घण्टा कुराएर नभेटेपछि हंगामा भएको छ । मन्त्री अधिकारीले नभेटेपछि नेकपा एमाले कपिलवस्तु–काठमाण्डौँ सम्पर्क मञ्चले विज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाएको छ ।
मन्त्री अधिकारीले सोमबार मन्त्रालयमा ४ घण्टा कुराएर नभेटी अर्को ढोकाबाट बाहिरिएपछि मञ्चले विज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाएको हो ।
एमालेको कपिलवस्तु–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुनिल भट्टराईले विज्ञप्ति जारी गर्दै सोमबार (हिजो) मन्त्रालयमा चार घन्टा कुर्दा पनि मन्त्री अधिकारीले नभेटेको बताएका छन् । उनले मन्त्री अधिकारीको त्यो घटनाबारे दुःख व्यक्त गरेका हुन् ।
मन्त्री अधिकारीले अर्कै ढोका प्रयोग गरी बाहिरिएको अध्यक्ष भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘हामी मन्त्रालय पुगेर ४ घण्टा सम्म प्रतीक्षा गर्दा पनि बेवास्ता गरियो। तथापि माननीय मन्त्री ज्यूको व्यवहार र वहाँको सचिवालयद्वारा भएको व्यवहार प्रति सम्पर्क मञ्च दुःख र खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।
अधिकारीले भेटको उद्धेश्य हालै सम्पन्न पालिका सम्मेलनको अपेक्षाकृत सफलता हासिल हुन नसकेको र संगठनको स्थिति दिनानूदिन कमजोर हुँदै गएको विषयमा छलफल गर्नू रहेको विज्ञप्तिमा लेखिएको छ ।
ढिलासुस्ती र आवश्यक विषयमा संवादको अभावले कार्य योजनामा नकारात्मक प्रभाव पर्न गएको महसुस भएको विज्ञप्तिमा लेखिएको छ। मञ्चले यस परिस्थितिमा, संगठनलाई सबल र प्रभावकारी बनाउन आवश्यक छलफल र मार्गदर्शनका लागि मन्त्री अधिकारीको ध्यानाकर्षण पनि गराएका छन्।
प्रतिक्रिया