बालेनले राप्रपालाई दिए धन्यवाद

बालेनले राप्रपालाई दिए धन्यवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।

मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए । उनले आफ्ना नेता कार्यकर्तालाई सडक सफा गर्न पनि आग्रह गरेका थिए ।

यसको जवाफमा शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।’

उनले अगाडि थपेका छन्, ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।’राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’