काठमाण्डु– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
मंगलबार कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले बचाएको र सुशासनको कुरा भाषणमा सुनाएको आरोप लगाएका हुन् ।
काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।
उनले भनेका छन् यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने’ !
उनले ६ पत्र लामो आदेश सार्वजनिक गरेका छन्






प्रतिक्रिया