सडकमा पहिलो अधिकार पैदलयात्रीको : मेयर शाह

सडकमा पहिलो अधिकार पैदलयात्रीको : मेयर शाह


काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहले सडकमा पहिलो अधिकार पैदलयात्रीको भएको बताएका छन् । दशैंको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बेला उनले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

‘सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं,’ उनले विज्ञप्तिमा भनेका छन् ।

फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशनरप्रसारण भएका समाचारप्रति काठमाण्डु महानगरपालिकाको ध्यानाकर्षण भएको समेत उनले जनाएका छन् ।

‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ,’ उनले भनेका छन् ।

मेयर शाहले सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म र्पुयाउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी दिएका छन् ।