महोत्तरीमा ८ महिने बालिकालाई घरबाटै चोरी

महोत्तरीमा ८ महिने बालिकालाई घरबाटै चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन्।  औरही नगरपालिका १ का सन्तोष चौधरीकी छोरी आइतबार साँझ अपहरणमा परेकी हुन्।

महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले ती बालिका लिएर हिँडेको र अहिलेसम्म पत्ता नलागेको महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्कालेजानकारी दिए।

प्रहरीका अनुसार घर जमुनियाँ भए पनि ती व्यक्ति औरही बजार आइरहने गर्थे । औरहीस्थित बालिकाका बुवा सन्तोषको फैन्सी पसलमा बालिका खेलाउने क्रममा ती व्यक्तिले आइतबार साँझ ६ः३० बजे लिएर हिँडेको प्रहरीले जनाएको छ।

‘ती व्यक्तिले कुन् उद्देश्यले बालिका लगे थाहा हुन सकेको छैन,’ डिएसपी खडका्ले  भने, ‘अपहरण नै हो कि के हो अहिले भन्न सकिने अवस्था छैन।’

‘अलि मानसिक सन्तुलन ठीक नभएका जस्ता ती व्यक्तिले मोबाइल, साइकल चोर्थे,’ डिएसपी खडका्ले भने,‘सबै नाकामा प्रहरी परिचालन गरेका छौं। म आफै पनि खटिएको छु तर, अहिलेसम्म बालिकाको अवस्था पत्ता लागेको छैन।’