काठमाण्डु– राप्रपाको प्रदर्शन सुरु नहुँदै बल्खुमा सुरक्षाकर्मी खटाइएको छ । बल्खुमा आयोजित राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै करिब २ हजार भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यस्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु पनि त्यहाँ खटिने बताइएको छ । गत चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक भएपछि राप्रपाको प्रदर्शनलाई सुरक्षा निकायले गम्भीर रुपमा लिएका छन् ।

राप्रपा कार्यकर्ताहरू स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चुस्त बनाइएको छ ।
आज १ बजे राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सोमबार तीनवटै सुरक्षा निकायका प्रमुखको बैठक बसेर सुरक्षा संवेदनशीलताको विषयमा छलफल गरेका थिए ।
यस्तै, राप्रपाका नेता कार्यकर्ताहरू बल्खु चाेकमा भेला हुन थालेका छन् ।

प्रतिक्रिया