नेपाली मुलका आचार्य बालकृष्ण भारतका धनाढ्यको सुचीमा आठौं नम्बरमा पर्न सफल

नेपाली मुलका आचार्य बालकृष्ण भारतका धनाढ्यको सुचीमा आठौं नम्बरमा पर्न सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी– नेपाली मुलका आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा  आठौं नम्बरमा पर्न सफल भएका छन् । उनि भारतीय कम्पनी पतन्जली आयुर्वेदका सिइओका रुपमा कार्यरत छन् । चिनियँ अनुसन्धान संस्थान ‘हुरन’ ले जारी गरेको सुचीमा उनी आठौं नम्बरमा पर्न सफल भएका हुन ।

 

 

हुरन’ २०१७ मा जारी गरेको भारतीय धनाढ्यहरुको सूचीको पहिलो स्थानमा मुकेश अम्बानी, दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाचौंमा अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौंमा गौतम अडाणी, आठामौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल रहेका छन्।

 

 

 

 

नेपाली मुलका आचार्य यसअघि २५ औं स्थानमा थिए । फोब्र्स पत्रिकाले जारी गरेको सुचीअनुसार आचार्य विश्वकै धनाढ्उय सुचीमा ८१४ नम्बरमा रहेका थिए । त्यसैगरी भारतीयहरुमध्ये उनी ४८ औ स्थानमा रहेका थिए ।

 

 

४५ बर्षिय आचार्यको सम्पत्ति दोब्बरभन्दा बढी प्रतिशतले बृद्धि भएको अनुसन्धानमा संलग्न अधिकारील दाबी गरेका छन् । आचार्यको पुख्र्योली घर नेपालमा स्याङ्जा हो । उनका बुवा भारतमा मजदुरी गर्न गएको बेला बालकृष्ण पनि बुवासंगै हरिदार गएका थिए ।

आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेद शिरोमणि हुदै आचार्य बालकृष्ण बनेका हुन्। उनको योगगुरु रामदेवसंग गहिरो मित्रता छ ।  दुवै ब्यवसायी साझेदार समेत हुन । उनिहरुसंग दिव्य फार्मेसी र पतन्जली आयुर्वेद नामका दुई ठुला कम्पनी छन् ।