पार्टी एकता गर्ने खुशीयालीमा बालुवाटारमा रोपिए जीन्को वाइलोवाका विरुवा

पार्टी एकता गर्ने खुशीयालीमा बालुवाटारमा रोपिए जीन्को वाइलोवाका विरुवा


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक÷ एक वटा जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् ।पार्टी एकता संयोजन समितिका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका छन् । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ ।

 विश्वकै पुरानो वनस्पतिका रुपमा यो बिरुवालाई लिने गरिन्छ। चाइनामा फेला परेको यो बिरुवा हुर्किएपछि ५०-६० देखि ११५ फिटसम्म उचाइको हुन्छ। यो वनस्पतिलाई मैदेनहेयर, जिंग्को, जिन्को पनि भन्ने गरिन्छ।