बाग्लुङमा मन्त्रीकै घरमा शक्तिशाली बम विस्फोट

बाग्लुङमा मन्त्रीकै घरमा शक्तिशाली बम विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ– सहकारी तथा गरिबि निवारण राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा बम बिष्फोट भएको छ । बाग्लुङ बजारको लालीगुरांस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा सोमबार राती बम बिष्फोट भएको प्रहरीले जनाएको छ ।

 

 

राज्यमन्त्री खड्का नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार समेत हुन । बांग्लुङका डिएसपी विश्वराजसिंह थापाकाअनुसार बम विष्फोटनबाट कुनै मानवीय क्षती भने भएको छैन् ।

 

मन्त्री खड्काको घरको भूईतलामा बम विस्फोट गराइएको छ । बम विष्फोटबाट सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ । डिएसपी थापाले बम विस्फोटबारे अनुसन्धान भइरहेको बताए ।