सिट बांडफांटमा वाम गठबन्धनमा पनि झमेला,आजै टुंगो लगाउने तयारी

सिट बांडफांटमा वाम गठबन्धनमा पनि झमेला,आजै टुंगो लगाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले मंगलबार नै सबै क्षेत्रको उम्मेदवार घोषणा गर्ने भने पनि सहमति गर्न सकेको छैन । एमाले र माओवादीका शीर्ष नेताबीच गौशालास्थित पशुपति भिजन होटेलमा मंगलबार अपराह्न ४ बजेदेखि साढे तीन घन्टा छलफल चलेको थियो ।

 

 

 

बैठकमा उम्मेदवार क्षेत्र निर्धारण कार्यदल प्रमुख ईश्वर पोखरेल, सुरेन्द्रपाण्डे र शंकर पोखरेल तथा रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सहभागी थिए । थप छलफलका लागि बुधबार ११ बजे बैठक बस्दै छ ।

 

 

 

 

कार्यदलले सहमति भएका उम्मेदवार क्षेत्र निर्धारण घोषणा गर्ने भएको छ । टुंग्याउन नसकेका क्षेत्रको जिम्मा पार्टी एकता संयोजन समितिलाई बुझाउने तयारी गरेको छ । ‘हामी बुधबार दिनभर छलफल गर्छौ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘कार्यदलले टुंग्याउन नसकेको क्षेत्र पार्टी एकता संयोजन समितिले सहमति गरेर घोषणा गर्छ ।’

 

 

 

संयोजन समितिमा एमाले अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन् ।

 

पहिलो चरणका ३७ प्रतिनिधिसभा सिटमध्ये एमाले २१ र माओवादीले १६ सिट लिएको छ । ३२ जिल्लाका प्रदेश सभातर्फ ७४ सिटमध्ये एमाले ४१ र माओवादीले ३३ सिट लिएका छन् । एमाले र माओवादीले ६०–४० प्रतिशत नभई ५६ ⁄४३ प्रतिशत सिट लिएका छन् । प्रदेश नम्बर २ माओवादीले ५०⁄५० प्रतिशत प्रतिनिधिसभा र प्रदेश सभा सिट पाउनुपर्ने दाबी गरेको छ । आजको नयां पत्रिका दैनिकमा समाचार छ ।