एमाले-माअाेवादीबीच भाेली नै पार्टी एकता घाेषणा हुदै, यस्ताे छ तयारी

एमाले-माअाेवादीबीच भाेली नै पार्टी एकता घाेषणा हुदै, यस्ताे छ तयारी


काठमाडाैँ- नेकपा एमाले र माअाेवादी केन्द्रबीच अाैपचारीक रूपमा भाेली नै पार्टी एकता घाेषणा हुने भएकाे छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तापछि संभवत भोली नै पार्टी एकता गर्नै मोटामोटी सहमति भएको हाे ।

सम्बन्धित समाचार- अाेली-प्रचण्डबीच भेटबार्ता : एकताकाे मिति भोलि नै घोषणा हुने

मदन भण्डारीको २५ औं स्मृती दिवसको अवसर पारेर पार्टी एकता हुन लागेको हो । २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी ज्यान गएको थियो । पार्टी एकताका लागि चुनावमा एउटै राजनीतिक मुद्दा बनाएर लडेका पार्टीबीच केही राजनीतिक बाँडफाँडका विषयमा कुरा मिल्न बाँकी थियो । पार्टी एकता गर्न केही ढिलाइ भइरहेका बेला बुधबार बिहान ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिना अघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

सम्बन्धित समाचार-  माओवादी केन्द्रले पार्टी एकताका बिषयमा छलफल गर्न बोलायो बैठक

बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ। शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो ।

कस्तो छ कार्यतालिका ?

मदन भण्डारीको शालिकमा बिहीबार विहान ७ बजे दुवै पार्टीका नेताले माल्यापर्ण गर्नेछन् । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । आमसभा भने केही दिनपछि गरिनेछ ।